• vacancy ad
  • थप ३,७२९ जनामा काेराेना संक्रमण पुष्टि, २५ जनाको मृत्‍यु

  • Ad Space available
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४९३ पीसीआर परीक्षणमा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षणमा १ हजार २९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ।

    ad space

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन्।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ। हालसम्म नेपालमा १० हजार १९ जनाको मृत्यु भइसकेको छ भने ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय