काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।
बुद्धनगरमा दुई दिनसम्म चलेको नेपाल समूहको बैठकले कार्यदलस्तरमा भएको १०बुँदे सहमतिका आधारमा पार्टी एकताका लागि सजगताका साथ जोड दिने निर्णय गरेको हो ।
बैठकपछि नेता रघुजी पन्तले भने, ‘१०बुँदे सहमतिलाई परिस्कृत गर्दै पार्टी एकतामा जोड दिने निर्णय गरेका छौं। कार्यदलमा भएका नेताहरुलाई १०बुँदे सहमति अपुग भएका विषयमा थप गर्ने जिम्मा दिइएको छ । त्यसका एजेण्डा स्थायी कमिटीले तय गर्नेछ।’
एकताका लागि नेपाल समूहले अघि सारेको तीनबुँदे प्रस्तावमा १०बुँदे सहमतिलाई परिस्कृत गर्दै एकतालाई अघि बढाउने, एकता विरोधी गतिविधिलाई रोक्न पहल गर्ने त्यसबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने उल्लेख छ।
नेपाल समूहले अध्यक्ष केपी ओली पक्षले घोषणा गरेको वडा तथा पालिका अधिवेशन स्थगित गर्नुपर्ने नेपाल पक्षको माग छ ।