काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार साँझ शितलनिवास पुगेका हुन ।
भेटका क्रममा राष्ट्रपति भण्डारीले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका काम कारवाहीबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको सो भेट नियमित भएको पनि अधिकारीले जानकारी दिए।
सिफारिस
लोकप्रिय