• vacancy ad
  • नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

    हिजोबाट सुरु भएको बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा बिहीबार धारणा राखेका अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् ।

    ad space

    बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए ।

    बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताएका छन् ।

    बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए । बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने बताएका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय