काठमाडौँ । लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको आरोप लगाइएपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षविरुद्ध आक्रोश पोखेका छन्।
उनले सांसद बन्धक बनाएको तथा अपहरण गरेको हो कि होइन भन्ने स्पष्टीकरण भने दिएका छैनन्। प्रतिपक्षीले पनि सांसदलाई फकाएर राजीनामा गराएको, निष्कासन गरेको, पार्टी परिवर्तन गराएको भनेर आफूविरुद्ध लागेको आरोप सामान्यीकरण एवं ढाकछोप गर्न खोजेको देखिन्छ।
‘दुई जना माननीयलाई ‘फकाएर’ राजीनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासन’को डन्डा चलाएर निष्कासन गर्न सक्ने र एक जना माननीयलाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘८७ सदस्यीय प्रदेश सभा कसका कारणले ८० सदस्यमा झर्योरु इतिहासले उत्तर अवश्य खोज्नेछ।’