• vacancy ad
  • खगेन्द्र संग्रौलाको प्रश्न : शंकर पोखरेल निर्लज्ज मुद्रामा किन मुख्यमन्त्रीको गद्दीमा ?

  • Ad Space available
  • काठमाडौँ । वरिष्ठ लेखकसमेत रहेका नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नैतिकतामाथि प्रश्न गरेका छन्।

    आफ्नो पक्षमा बहुमत पुर्याउन पोखरेलले प्रदेशसभा सदस्य बिमला वलीलाई ‘अपहरण’ गरेकोप्रति कटाक्ष गर्दै संग्रौलाले पोखरेलको नैतिकता र नियमतमाथि प्रश्न उठाएका हुन्।

    केही दिनदेखि सम्पर्कविहीन भएकी खत्रीले बिहीबार पत्रकार सम्मेलन गरेर आफूलाई एमालेका नेताहरुले मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको जिकिर गरेकी थिइन्।

    ‘हेर शंकर पोखरेलको चर्तिकला१ लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नो निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन्,’ संग्रौलाले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘शंकर सरको यो पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयो। तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीको गद्दीमा किन बसिरा हुन्’

    सिफारिस
    लोकप्रिय