

काठमाडाैँ । बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीले क्लब छाडेको जनाएको छ । क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् ।
मेस्सी गत जुन ३० बाट फ्री एजेन्ट बनेका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।
सिफारिस
लोकप्रिय