• vacancy ad
  • चट्याङ पर्दा बिहे भोजमा सहभागी १७ जनाको मृत्यु

  • Ad Space available
  • एजेन्सी। बंगलादेशमा चट्याङका कारण बिहेभोजमा सहभागी भएका १७ जनाको मृत्यु भएको छ भने बेहुलासहित १४ जना घाइते भएका छन्।

    उत्तरी बंगलादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुंगाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेको बेलामा ठूलो वर्षा भएको थियो। स्थानीय बासिन्दाका अनुसार उनीहरूमाथि चट्याङ खसेको थियो।

    दक्षिण एसियामा प्रत्येक वर्ष चट्याङका कारण सयौं मानिसहरूको मृत्यु हुन्छ।

    बंगलादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो। सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो। त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो।

    सिफारिस
    लोकप्रिय