• vacancy ad
  • २७ साउनमा लुम्बिनी प्रदेशसभा बैठक, मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वासको प्रस्तावमा छलफल हुने

  • Ad Space available
  • काठमाडौं। लुम्बिनी प्रदेशसभाको अधिवेशन साउन २७ गते बोलाइएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाइएको हो।

    प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जनाएको छ।

    ad space

    साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

    उनीहरूले अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेपछि प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएका हुन्।

  • ad space
  • सिफारिस