

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ८७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३७ जनाको मृत्यु भएको छ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ। हालसम्म नेपालमा ९ हजार ९९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन्।
सिफारिस