• vacancy ad
  • विमलाले भनिन्– मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती हस्ताक्षर गराइयो

  • Ad Space available
  • बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर आफूलाई जबरजस्ती एमालेमा रहेको भन्ने बेहोराको विज्ञप्तिमा हस्ताक्षर गराएको बताएकी छन्।

    बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक हुँदै सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाएर राखेको र आफू ट्वाइलेटको चप्पल लगाएर भाग्न सफल भएको बताएकी छन् ।

    ad space

    उनले आफूले १९ वैशाखमा नै माओवादी केन्द्र रोजेको जानकारी गराएको उल्लेख गर्दै अब पनि माओवादी केन्द्रमा नै रहने बताएकी छन् ।

    उनले १५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावत तुलसीपुरस्थित आफ्नो घरमा गएर एमालेमा आउन दबाब दिएको बताइन् ।

    आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेपछि ‘विश्वास गरेर गाडीमा बसेंको’ उनको भनाई छ।

    तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर लगेर आफ्नो प्रतिवादका बाबजुद मुख्यमन्त्रीलाई एक पटक भेट्न भन्दै गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पु¥याएको उनले बताइन् ।

    मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भएको र अब त्यस्तो हुन नदिने भन्दै एमालेमा आएर मन्त्री बन्न प्रलोभन दिएको वलीले बताएकी छन् ।

    उनले भनिन्, ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’

    उनले आफू एमालेमा रहेको भनेर मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उनको भनाइ छ। आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उनले बताएकी छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय