नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाले नेपाल विद्युत् प्राधिकरणका लागि कुलमान घिसिङ निर्विकल्प देखिन नहुने बताएका छन् ।
उनले कुलमान कुशल प्रशासक भएको उल्लेख गर्दै उनीजस्ता हजारौँ व्यक्ति आवश्यकता भएको उनको भनाइ छ । उनले खोज्यो र अवसर दियो भने अन्य सक्षम व्यक्ति भेटिने समेत बताएका छन् ।
‘हामीलाई एक कुलमान होइन हजार कुलमान चाहिएको छ । खोज्यो भने र अवसर दियो भने भेटिन्छ । निविर्कल्प देख्नुहुँदैन भन्ने मेरो बुझाइलाई कुलमानविरोधी देख्ने उत्तेजनाप्रति केही भन्नु छैन’ उनले भनेका छन् ।
सिफारिस
लोकप्रिय