नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दै छ।
बैठक दिउँसो १२ बजेपछि बस्ने तय भएको छ । यसअघि मंगलबार भने पौडेल पक्षको बैठक चाक्सीबारीमा बसेको थियो । बैठक महाधिवेशन, क्रियाशील सदस्यता विवाद र सरकारमा सहभागिताबारे केन्द्रित हुने बताइएको छ ।
नेपाल पक्षले वडास्तरको क्रियाशील सदस्यता केन्द्रबाट प्रदान गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । साथै विवाद रहेका स्थानमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यलाई आधारमा मानेर महाधिवेशन गर्नुपर्ने धारणा सो पक्षको छ ।
त्यस्तै, कांग्रेसका शीर्ष नेताहरूबीच तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ । कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएका विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको थियो ।