• vacancy ad
  • माधव नेपालले बैठक बोलाएपछि केपी ओलीले भने : एमालेको कुनै बैठक बोलाइएको छैन

  • Ad Space available
  • काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज बस्न लागेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाउँदै पार्टीको तर्फबाट विज्ञप्ति जारी गरेका छन्।

    सचिव तामाङले बुधबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    ad space

    विज्ञप्तिमा भनिएको छ, ‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछु ।’

  • ad space
  • सिफारिस
    लोकप्रिय