एजेन्सी। कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको छ। कोरोना भाइरसको सङ्क्रमणबाट मंगलबार १३८ जनाको मृत्यु भएको छ।
यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो। बेलायतमा अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ।
पछिल्ला केही हप्तामा फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ। यसबाट सङ्क्रमणमा पनि वृद्धि भएको स्वास्थ्य अधिकारीले बताएका छन्।
त्यसैगरी गएको २४ घन्टामा २१ हजार ६९१ जना सङ्क्रमित भएका छन्। यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो।
यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट सङ्क्रमित भएका छन्।
सिफारिस
लोकप्रिय