• vacancy ad
  • कोरोनाबाट २४ घन्टामा १८ जनाको मृत्यु, ४ हजार ५२४ संक्रमित थपिए

  • Ad Space available
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने ४ हजार ५२४ जना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ र १ हजार ९ जनाको एन्टिजेन परीक्षणमा १६० जना गरी ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

    ad space

    यो सँगै देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।

    कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना उपचाररत छन् । काठमाडौं उपत्यकामा मात्रै ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय