• vacancy ad
  • प्रधानमन्त्रीले चाहे मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार छु : गगन थापा

  • Ad Space available
  • नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन् ।

    बुधबार बिहान भरतपुर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीको क्रममा उनले मन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई दबाब नदिने उनले बताए।

    ad space

    ‘प्रधानमन्त्रीले मलाई संसदमै राखेर काम गराउन उचित हुन्छ भन्ने लाग्छ भने सांसद भएर नै काम गर्छु । हैन यो बेलाको सन्दर्भमा कुनै मन्त्रालयको जिम्मेवारी दिएर काम गराउनुपर्छ भन्ने उहाँलाई लाग्यो भने मन्त्री भएर काम गर्न तयार छु’ उनले भने ।

    थापाले संयुक्त सरकारका आफ्नै सीमा हुने भन्दै आफूले मन्त्रि बन्नका लागि दबाब नदिने बताए । उनले अफ्ठ्यारो सयममा सरकार बनेकाले प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्ने पनि बताए । ‘१२–१५ महिनाको समयभित्र महत्वपूर्ण कामहरु सम्पन्न गर्नुपर्ने छ यो बेला प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्छ’, थापाले भने ।

  • ad space
  • सिफारिस
    लोकप्रिय