

अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ ।
रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी भने बच्न सफल भएका छन् । आक्रमणका बेला उनी घरबाहिर भएकाले बच्न सफल भएका हुन् ।
बन्दुकधारीहरूले मंगलबार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रिन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए । साथसाथै उनीहरूले गोली पनि चलाएका थिए।
बिबिसीका अनुसार रक्षा मन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका जनाइएको छ ।
सिफारिस
लोकप्रिय