भारतमा गएको २४ घण्टाको अवधिमा कोरोना भाइरसका संक्रमित हुनेको संख्या बढेको छ । गएको २४ घण्टामा ४२ हजार ६२५ नयाँ संक्रमित थपिएका हुन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या ३ करोड १७ लाख ६९ हजार १३२ पुगेको जनाएको छ ।
सोही अवधिमा ३६ हजार ६६८ जना कोरोनामुक्त भएसँगै हालसम्म ३ करोड नौ लाख ३३ हजार २२ जना कोरोनामुक्त भएका हुन् । हाल चार लाख १० हजार ३५३ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार हालसम्म ४८ करोड ५२ लाख ८६ हजार ५७० डोज खोप लगाइएको छ ।
सिफारिस
लोकप्रिय