• vacancy ad
  • एक दिन पछि धकेलियो नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक

  • Ad Space available
  • नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक एक दिन पछि धकेलिएको छ । बुधबार राजधानीको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बिहान ११ बजे बैठक तय गरेको भए पनि अन्तिम समयमा बैठक सरेको हो ।

    जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरू छोटो समयमा आउन असम्भव भएको र माथिल्लो तहमा पनि केही तयारी अपुग भएको भन्दै बैठक पछि धकेलिएको हो । नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाका अनुसार बुधबारलाई निर्धारित बैठक बिहीबारलाई सारिएको छ ।

    ad space

    पछिल्लो पटक ओली र नेपाल वार्ता गर्न तयार भएपनि तयारी नपुगेको भन्दै उनीहरुको वार्ताको समय र स्थान निश्चित गरिएको छैन।
    यसैबीच मंगलबार नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । सरकारमा आफ्नो पार्टीबाट सहभागी गराउने बारेमा भएको उक्त छलफल कुनै टुंगोमा नपुगेको बताइएको छ ।

    नेता नेपाल सरकारमा सहभागी हुन सकारात्मक भए पनि पार्टीका अन्य नेताहरु तयार नभएको एमाले स्रोतको दाबी छ । सोही कारण नेता नेपालले सरकारमा सहभागी हुने बारे ठोस निर्णय गर्न सकिरहेका छैनन् ।

    दश बुँदे सहमतिको प्रस्तावलाई आधार मानेर एमाले पार्टीमा एकता हुने भनिए पनि नेता नेपालले उक्त सहमति प्रस्तावलाई स्वीकारेका छैनन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय