• vacancy ad
  • लुम्बिनीमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन माग

  • Ad Space available
  • बुटवल। लुम्बिनी प्रदेशसभाका विपक्षी दलका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन्।

    प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरेर उनीहरुले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका हुन्।

    ad space

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन्।

    उनीहरुले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय