• vacancy ad
  • गोरु काटेको अभियोगमा छ पक्राउ

  • Ad Space available
  • कास्की। माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सो वडाका जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

    उनका अनुसार पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा उनीहरुलाई जिल्ला अदालतबाट नौ दिने म्याद लिइ अनुसन्धान थालिएको छ।

    सिफारिस
    लोकप्रिय