• vacancy ad
  • ‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’

  • Ad Space available
  • एजेन्सी। अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूतले बताएका छन्।

    संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन्।

    उनले भनेका छन्, ‘हामीले अहिले नै अफगानिस्तनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने बारेमा केही सोचेका छैनौँ, मलाइ लाग्छ यो अहिलेको अवस्थाको समाधानका लागि शान्ति वार्ता नै विकल्प हुनसक्छ।’

    हाल भारत संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्ष रहेको छ। अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका हुन्।

    उनले हाल अफगानिस्तानको अवस्था निकै नै कमजोर भएको र तालिबानीले हिंसालाई बढावा दिएकाे बताए।

    राजदूत तिरुमूर्तिले सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसङ्घले अझै पनि अफगानिस्तानको समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्ने ठानेको बताए।

    सिफारिस
    लोकप्रिय