काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेले दार्चुला घटनामा औपचारिक विरोध जनाउन माग गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेर बेपत्ता भएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै सांसद गणेश ठगुन्नाले घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गरेका हुन्।
सो घटनाको छानविनका लागि गृह मन्त्रालयले यसअघि नै समिति गठन गरेको थियो। समितिको प्रतिवेदनपछि सरकारले यसबारे धारणा सार्वजनिक गर्ने गृहमन्त्री बालकृष्ण खाँडले जनाएका छन्।
सिफारिस
लोकप्रिय