• vacancy ad
  • अफगानिस्तानका प्रान्तीय राजधानीमा तालिबानको आक्रमण

  • Ad Space available
  • एजेन्सी। अफगानिस्तानका प्रान्तीय राजधानीमा तालिबानले आक्रमण केन्द्रित गर्न थालेको छ।

    अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबानले हमला तीव्र पारेको छ। सो सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई कब्जा गरेको बताइएको छ।

    ad space

    ग्रमीण क्षेत्रबाट भागेका कैयौं मानिसहरूले शरण लिएका छन्। “यहाँ जताततै लडाइँ भइरहेको छ”, एकजना चिकित्सकले भने।

    विद्रोहीहरूसँग लड्न सयौं थप अफगान सैनिकहरूलाई परिचालन गरिएको छ।

    बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कब्जा गरिरहेको छ। हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्र थियो।

    सो क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा अफगान सरकारका लागि ठूलो झड्का हुनेछ। लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ।

    तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिश गरिरहेको छ। विमानस्थलमा आइतबार रकेट हमला भएको थियो।

    कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि सांकेतिक जित हुनेछ। त्यसले उसलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि बल दिनेछ।

    लश्कर गाहका एकजना चिकित्सकले कैयौं दिनको लगातारको लडाइँका कारण उक्त सहरलाई निकै अप्ठेरोमा पारेको र अधिकांश मानिसहरू हिँडडुल गर्न पनि डराएको बताएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय