• vacancy ad
  • ओलीलाई भेट्नु अघि नेपाल-प्रचण्ड भेटवार्ता

  • Ad Space available
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । यसअघि नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा आज प्रचण्ड कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न पुगेका हुन् ।

    एमालेका नेताहरूले पार्टी अध्यक्ष के‍पी शर्मा ओली र नेता नेपालबीच भेट गराउने प्रयास गरिरहेका बेला प्रचण्ड-नेपाल भेट भएको हो । भेटमा समसामयिक राजनीतिका विषय र सरकारमा सहभागिताका विषयमा दुई नेताबीच छलफल भएको बुझिएको छ ।

    ad space

    सत्ता साझेदार दलहरूले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छन् । सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । त्यसैको प्रयास स्वरूप माओवादी अध्यक्ष प्रचण्डले निरन्तर नेपाललाई भेटेर मनाउन प्रयास गरिरहेका छन् ।

    त्यस्तै, आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको भेट हुने भनिएको छ । कतिबजे कहाँ भेट्ने स्थानको भने अहिलेसम्म टुंगो लागिसकेको छैन । तर अध्यक्ष ओली र माधव नेपालबीच आज साँझसम्म भेटवार्ता हुने नेता सुवास नेम्वाङले बताएका छन् । नेता नेम्वाङले भने, ‘दुई नेताबीच भेटवार्ता हुने करिब करिब पक्का भएको छ, तर समय र स्थान तय हुन बाँकी छ ।’

    भेटवार्तामा दुई नेताहरुबीच आन्तरिक विवादको न्यूनतम सहमतिका विषयमा छलफल हुने बताइएको छ । नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिँदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाउँदै आएको छ ।

    यसअघि सोमबार बसेको नेपाल पक्षको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय