• vacancy ad
  • सडक मजदुरको ज्याला लुटेर भागेका व्यक्ति ९ वर्षपछि समातिए

  • Ad Space available
  • भोजुपरमा फरार अभिुक्त ९ वर्षपछि पक्राउ परे‍का छन् । मजदुरहरूको ज्यालाको रकम लुटेर फरार रहेका व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ परेको हो । विसं २०६९ मा सडकका कामदारको आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।

    कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका–२ हेलौँछाको जङ्गलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ ।

    ad space

    विसं २०७३ मा जिल्ला अदालत भोजपुरले विश्वकर्मालाई छ वर्ष कैद र १२ लाख ७७ हजार २५० जरिवानाको फैसला गरेको थियो । फैसला तोकिएका विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । विश्वकर्मालाई कैद भुक्तानका लागि आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय