• vacancy ad
  • आज यी प्रदेशमा भारी वर्षा, बाढी पहिराेकाे उच्च जाेखिम

  • Ad Space available
  • काठमाडौं । जल तथा मौसम विभागका अनुसार आज विहान देशका अधिकांस भू–भागमा सामान्य बदली रहेको छ । वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    ad space

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्नेभन्दै आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय