• vacancy ad
  • नारायणकाजी पथ भन्दै स्वास्थ्य राज्यमन्त्रीलाई सूर्य थापाको यस्तो आरोप

  • Ad Space available
  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका सूर्य थापा बेलाबेला आफ्ना विरोधीलाई जुनकुनै विषयमा पनि कटाक्ष गर्न कुनै कसर बाँकी राख्दैनन् ।

    तिखो र मर्मभेदी शब्दले उनले आफ्नै पार्टीका अग्रज नेतालाई पनि आक्रमण गरिरहन्छन् । पछिल्लो चरणमा उनको शब्दवाणको शिकार बनेका छन्, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ।

    ad space

    विद्यालय तथा चेन अस्पतालका मालिक मन्त्री श्रेष्ठले मन्त्री भएपछि हालै सरकारी सेवा सुविधा त्याग गर्ने गरेको निर्णयप्रति थापाले ‘यस्तो लोकप्रियतामुखी हुन खोज्नु नारनकाजीपथ हो’ भनेका छन् ।

    उनले सोमबार राति ट्वीट गर्दै आफूले व्यक्तिगत रुपमा मन्त्री श्रेष्ठलाई नचिन्ने बताउँदै अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कुनै सुविधा नलिएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘सरकारले प्रदान गर्ने सुविधा नलिने सस्तो घोषणा आएछ, हात्तीको मुखमा जिराजस्तो आहरै नलाग्ने त किन लिनु है ? निशाना अन्यत्रै छैन होला !’

  • ad space
  • सिफारिस
    लोकप्रिय