

भारतमा २४ घण्टाको अवधिमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या ३ करोड १६ लाख ९५ हजार ९५८ पुगेको छ ।
गएको २४ घण्टामा ४२२ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म चार लाख २४ हजार ७३३ जना संक्रमितले कोरोना भाइरसकै कारणले ज्यान गुमाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हाल भारतमा चार लाख १३ हजार ७१८ सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा ३६ हजार ९४६ जना कोरोनामुक्त भएका छन् । हालसम्म ३ करोड ८ लाख ५७ हजार ४६७ जना निको भएका बताइएको छ ।
सिफारिस