

माओवादी केन्द्रबाट एमालेमा लागेका चार नेताले सांसद पदमा पुनर्बहालीको मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ न्यायाधीश ईश्वर खतिवडाको इजलासमा तोकिएको छ।
यसअघि दुई पटक पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः खतिवडाको इजलासमा सुनुवाइ तोकिएको हो ।
पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रूपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौकासमेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरूमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन् ।
सिफारिस
लोकप्रिय