• vacancy ad
  • किन स्थगित भयो माओवादी के‍न्द्रको स्थायी कमिटी बैठक ?

  • Ad Space available
  • नेकपा माओवादी केन्द्रको आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    आज दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीका बारेमा निर्णय गर्ने बताइएको थियो । तर, अध्यक्ष प्रचण्डले आजको बैठक स्थगित भएको सूचना दिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तयारी नपुगेको भन्दै बैठक स्थगित भएको बताइएको छ ।

    ad space

    अहिले सरकारमा माओवादीका तर्फबाट दुई जना मन्त्री छन् । सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डाका सम्बन्धमा निर्णय गरिनसकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

    सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेका शेयरबहादुर देउवाले चार मन्त्रालयबाहेक अरू मन्त्रालयको जिम्मेवारी समालेर सरकार चलारहेका छन् । अहिलेसम्म माओवादी केन्द्र र कांग्रेसबाट दुई/दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय