• vacancy ad
  • छिन्नमस्ताको चाँदीको मुकुटसहित एक पक्राउ

  • Ad Space available
  • काठमाडौँ । सप्तरीको प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठबाट चोरी भएको भगवतीको चाँदीको मुकुट (मस्तक) सहित एक व्यक्ति पक्राउ परेका छन्।

    आइतबार राति ७ बजे मन्दिरबाट भगवतीको चाँदीको मुकुट चोरी भएको थियो। रातभरीको व्यापक खोजतलास पश्चात सोमबार बिहान चोरसहित मुकुट बरामद गरिएको प्रहरीले जनाएको छ।

    ad space

    मुकुट चोरीमा संलग्न भएको आरोपमा प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिका ५ बस्ने राजेश कुमार मण्डललाई पक्राउ गरेको छ।

    मन्दिरबाट भगवतीको मुकुट चोरी भएपछि खोज तलासका लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

    चोरिएको मुकुट भारत लैजान नपाउन भनेर प्रहरीले सप्तरीका भारत प्रवेश गर्ने नाका गए रातिदेखि नै बन्द गरेको थियो।

  • ad space
  • सिफारिस