काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको पक्ष सरकारमा नआउने भएपछि सत्ता गठबन्धनका दलबीच थप छलफल हुने भएको छ।
स्रोतका अनुसार नेपाल पक्षका लागि छुट्याइएका ३ मन्त्रालय अब तीन दल कांग्रेस, माओवादी केन्द्र र जसपाले एक एकवटा बाँडफाँड गर्नेगरी छलफल भइरहेको छ।
यस विषयमा छलफल गर्न आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट हुने सम्भावना छ।
मन्त्री छान्न माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।
सिफारिस
लोकप्रिय