• vacancy ad
  • आजको मौसम : देशभर पानी पर्ने, सतर्कता अपनाउन विभागको आग्रह

  • Ad Space available
  • काठमाडौं– नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। हाल अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश–१, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

    देशका अधिकांश स्थानमा वर्षासँगै पहाडी भूभागमा पहिरो तथा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    सिफारिस
    लोकप्रिय