• vacancy ad
  • कोरोनाको लागी भेरी अस्पताललाई ५० लाख दिने लुम्बिनी प्रदेश सरकारको निर्णय

  • Ad Space available
  • नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले काेराेना कोरोनाको उपचार प्रभावकारी बनाउन भेरी अस्पताललाई प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
    कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उपचारलाई थप प्रभावकारी बनाउनका लागि लुम्बिनी प्रदेश सरकारले आफ्नो मातहतमा रहेका भेरी अस्पतालसहित दाङको बेलझुण्डी, प्रादेशिक अस्पताल बुटवललाई ५०-५० लाख दिने निर्णय गरेको हो ।

    यस्तै भिम अस्पताललाई २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ भने चारवटा अस्पताललाई १ करोड ७५ लाख रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

    ad space

    त्यस्तै, कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय समेत भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनुभयो ।

  • ad space
  • सिफारिस