• vacancy ad
  • तालिबानद्वारा अफगानिस्तानका प्रमुख सहर कब्जा गर्ने प्रयास

  • Ad Space available
  • एजेन्सी। अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानले आक्रमण गर्न थालेपछि द्वन्द्व चर्किएको छ।

    तालिबानले हेरात, लश्कर गह र कान्दहारमा एकैपटक हमला गरेका छन्।

    ad space

    सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा गरेपछि तालिबानले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका छन्।

    तर यी तीन सहरहरूको द्वन्द्व सरकारी फौजको परीक्षण हुने र मानवीय सङ्कट आउन सक्ने कारण महत्त्वपूर्ण रहेको बताइएको छ।

    तालिबालले पाकिस्तान र इरानका महत्त्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको मानिएको छ।

    लश्कर गहमा शनिवार तालिबान गभर्नरको कार्यालयबाट केही सय मिटरको दूरीमा पुगेको तर राति सरकारी फौजले पछाडि धकेलेको बताइएको छ।

    तालिबानले गभर्नरको कार्यालय कब्जा गर्न खोजेको यो दुई दिनमा दोस्रो पटक हो। अफगान फौजका कमान्डरले शुक्रवार तालिबान लडाकुतर्फ उल्लेख्य क्षति पुर्‍याएको दाबी गरेका थिए।

    तालिबानले सहरमा आक्रमण केन्द्रित गरेको र थुप्रै अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको हेल्मन्ड प्रान्तको राजधानी लश्कर गहको अवस्था तरल रहेको बताएका छन्।

    उनले तालिबानहरूले सहरको प्रमुख स्थानहरूमा आफ्ना लडाकुको तस्बिर सामाजिक सञ्जालमा हालेको बताउँदै एक स्थानीयले सरकारी सेनाले पछाडि धकेलेपनि यो घटनाले तालिबानको बढेको सामर्थ्य देखाएको बताएको बताए।

  • ad space
  • सिफारिस
    लोकप्रिय