• vacancy ad
  • नेपाली युवकको अमेरिकामा मृत्यु

  • Ad Space available
  • पर्वत। रोजगारीका लागि अमेरिका पुगेका एक युवकको मृत्यु भएको छ। फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा साउन १२ गते मृत्यु भएको हो।

    पाँच वर्षअघि मात्र अमेरिका पुगेका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए। अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो।

    ad space

    उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए।

    उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ। हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

    गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए।

  • ad space
  • सिफारिस