काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनाबारे भारतसँग गम्भीर आपत्ति जनाउन माग गरेको छ।
स्थायी कमिटीको बैठकले सो घटनाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसबारे गम्भीर बन्न माग अनुराेध गरेको हो। एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको विषयमा तत्काल छानविन गर्न माग गरेको छ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ।’
शुक्रबार बिहान तुइन तर्दै गर्दा एसएसबीले तार फुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। घटनाबारे छानविन गर्न गृह मन्त्रालयले सचिवको नेतृत्वमा समिति बनाएको छ। भारतले घटनामा एसएसबीको संलग्नता अस्वीकार गरेको छ।