• vacancy ad
  • कर्णालीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता

  • Ad Space available
  • कैलाली। कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन्।

    बेपत्ता हुनेमा कैलालीकाे मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा छन्।

    ad space

    कैलालीको मोहन्याल गाउँपालिका–३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन्। डुंगामा १० जना सवार थिए। खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् भने पाँच जना सकुशल छन्। घाइते हुनेमा मोहन्याल–३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन्। प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय