

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेका लागि डाकिएको बैठक केही ढिला सुरु भएको छ । बैठकमा समसामयिक राजनीति र पार्टीको सांगठनिक संरचनबारे छलफल गर्ने एजेन्डा रहेको बताइएको छ । बैठकमा सरकारमा पठाउने मन्त्रीहरूबारे पनि छलफल हुनेछ ।
आज र भोलि बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने छ । माओवादीले पार्टीको सांगठानिक संरचनाबारे निर्णय लिन २० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
सिफारिस
लोकप्रिय