• vacancy ad
  • एमाले बैठक बस्दै, एकता होला कि नेपाललाई कारबाही ?

  • Ad Space available
  • काठमाडौँ । एमाले स्थायी कमिटी बैठक केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल गर्न आइतबार बस्दैछ । बैठक दिउँसो तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

    शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै आजसम्मका लागि बैठक स्थगित गरिएको थियो । नेम्वाङले पार्टी एकता प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

    ad space

    ‘बैठकको शुरुआतमा अध्यक्ष ओलीले पार्टी एकताका सन्दर्भमा अहिलेसम्म भएको प्रयासबारे विघटित कार्यदलका सदस्यसँग जानकारी माग्नुभयो,’ नेम्वाङँले भने, ‘पार्टी एकताका सन्दर्भमा भएका छलफलबारे मैले अध्यक्ष ओलीलाई जानकारी गराए । त्यसपछि अध्यक्ष ओलीले पार्टी एकताको प्रयासलाई अगाडि बढाउन बैठक स्थगित गर्नुभयो ।’

    यता वरिष्ठ नेता माधवकुमार नेपालले भने १० बुँदे सहमतिका आधारमा पार्टीमा एकताका कुरा गर्न नआउन कार्यदल र वार्ता गरिरहेका नेताहरूलाई भनेका छन् ।

    शनिबार साँझ एकताबारे कुरा गर्न पुगेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टसहितका नेतालाई नेता नेपालले छलफलका लागि नयाँ विषय भए आउन तर पुरानै १० बुँदेका आधारमा नआउन भनेका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय