काठमाडौँ । दार्चुलमा तुइनबाट खसेर महाकाली नदीमा जयसिंह धामी बेपत्ता भइरहेकोबारे घटनास्थलमा अनुसन्धान जारी रहेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय ९दार्चुला० बाट नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली हिजै ९शनिबार० घटनास्थल पुगेर अनुसन्धान गरिरहेको हो।
यही साउन १५ गते दार्चुलाको ब्याँस गाउँपालिका–२, खाङदाङ मालघाटबाट तुइन चढेर महाकाली नदी पार गर्ने क्रममा स्थानीय ३३ वर्षीय जयसिंह धामी अचानक खसी नदीमा हराएका हुन्।
भारतको बाटो हुँदै खलंगा आउने क्रममा उनी तुइनबाट नदीमा खसेका थिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिएका कारण उनी नदीमा खसेको आरोप लागेको छ।
तर घटनबारे अनुसन्धान भइरहेकाले यसको यथार्थ आउन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ। तसर्थ वास्तविकता थाहा नहुन्जेल घटनबारे भ्रम सिर्जना हुने खालका सूचना सम्प्रेषण नगर्न मन्त्रालयले सबै पक्षसँग आग्रह गरेको छ।