काठमाडौँ । पाकिस्तानको सिन्ध प्रान्तमा एक अचम्मको घटना घटेको छ । सिन्ध प्रान्तको मीरपुरखास जिल्लाको डिगरी शहरमा भील समुदायका एक युवकले एउटा बाख्रीसँग विवाह गरेका छन् । पाकिस्तानी समाचार स्रोतका अनुसार भील समुदायका ती युवकले गाउँको परम्परा अनुसार बाख्रीसँग विवाह गरेका थिए । उक्त वैवाहिक समारोहमा युवकका परिवारजन पनि सहभागी थिए ।
प्रहरीले विवाहको व्यवस्था मिलाउनेहरुलाई गिरफ्तार गरिसकेको छ । बेहुला बन्ने युवकलाई पक्राउ गर्नका लागि खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यो घटनाभन्दा अघि पनि ब्राजिलमा एक प्रौढले यसैगरि बाख्रासँग विवाह गरेका थिए । उनले यसरी बाख्रासँग विवाह गर्नुको आफूसँग प्रयाप्त कारण भएको पनि बताएका थिए ।
केही वर्ष पहिले भारतको उत्तराखण्डको धनौल्टी भन्ने स्थानमा बाख्रासँग विवाहका लागि बाख्रा स्वयम्वरको आयोजना भएको थियो । रीति, विधि र परम्परागत शैलीमा त्यहाँ बाख्राहरुको स्वयम्वर गरिएको थियो ।