• vacancy ad
  • गोकुल बाँस्कोटा भन्छन् : माधव नेपाललाई अध्यक्ष दिन मिल्दैन, मिल्दैन, मिल्दैन

  • Ad Space available
  • काठमडाैँ  । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउन मिल्दै नमिल्ने जिकिर गरेका छन्।

    पार्टीमा एकता कायम गर्न ओली समूहमा नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने कि भन्ने चर्चाबीच पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले उनलाई अध्यक्ष पद दिन कुनै हालतमा नमिल्ने बताएका हुन्।

    ad space

    माधव नेपाल पक्षले शनिबार काठमाडौंमा अखिल फोर्सको राष्ट्रिय भेला गर्दै शक्ति प्रदर्शन गरेको थियो। त्यसलाई पनि नेता बाँस्कोटाले चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने शक्ति प्रदर्शनको संज्ञा दिएका छन्।

    ‘खुसी लाग्यो शक्ति प्रदर्शन भएछ। तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ,’ बाँस्कोटाले सामािजक सञ्जालमा लेखेका छन्, ‘एउटा कुरा स्पष्ट छ कि विधि पद्धति अनुसार अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन, मिल्दैन मिल्दैन। जसले जे बुझ्नुपर्छ बुझ्ने जे गर्न मन लाग्छ सो गर्ने।’

  • ad space
  • सिफारिस
    लोकप्रिय