• vacancy ad
  • थप ३,६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्‍यु

  • Ad Space available
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    ९ हजार ७८३ पीसीआर परीक्षणमा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षणमा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    ad space

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन्।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ। हालसम्म ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय