बुटवल। लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेका जनता समाजवादी पार्टी (जसपा) का तीन जना मन्त्री सांसदबाट पदमुक्त भएका छन्।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन्।
उनीहरू तीनैजना प्रदेश सरकारमा सहभागी छन्। संविधानकाे धारा १६८ (१) अनुसार मुख्यमन्त्री बनेका शंकर पोखरेलले जसपालाइ समेत सरकारमा सहभागी गराएका थिए ।
जसपा सहभागी भएपछि सरकार उपधारा (२) अनुसारकाे भए पनि विश्वासकाे मत लिएका छैनन्। उनकाे सरकारलाइ समर्थन गरेका महन्थ ठाकुर पक्षका ३ सांसद पदमुक्त भएसँगै पाेखरल अल्पमतमा परेका छन्।
सिफारिस
लोकप्रिय