• vacancy ad
  • अमेरिकी सेना फिर्ता हुने भएसँगै अफगानी दोभाषेलाई पनि लगियो अमेरिका

  • Ad Space available
  • एजेन्सी। अमेरिकी सेनाका लागि दोभाषेको काम गरेका करिब २ हजार ५ सय अफगानी र उनीहरुका परिवारलाई अमेरिका लगिएको छ ।

    अमेरिकी सेना अफगानिस्तानबाट फर्किएपछि तालिबानले उनीहरुमाथि हमला गर्ने डरले उनीहरुलाई अमेरिका नै लगिएको हो। उनीहरुले तालिबानको आक्रामकता र युद्धकाबीच अमेरिकी सेनालाई सहयोग गरेका थिए।

    ad space

    अफगान इन्टरप्रेटर र उनीहरुका परिवारका सदस्यलाई अहिले वासिंगटन डिसीस्थित फोर्ट ली बेसमा राखेर उनीहरुको विशेष इमिग्रेन्ट भिसा (एसआईभी) को प्रक्रिया पूरा गरिनेछ।

    यो भिषा प्रक्रिया सन् २००१ देखि अफगानिस्तानमा रहेका अमेरिकी सेनालाई सहयोग गर्नेका लागि ल्याइएको हो । अमेरिकी सेना फर्किने घोषणा गरेसँगै उनीहरुमाथि धम्की आउन थालेको थियो ।

    सोही कारण उनीहरुलाई पनि अमेरिका लगिएको हो । सन् २००८ देखि हालसम्म करिब ७० हजार अफगानी नागरिकलाई विशेष भिसा दिएर अमेरिका लगिसकिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय