• vacancy ad
  • अन्तरिक्ष स्टेशन ४५ मिनेटसम्म नासाको नियन्त्रण बाहिर, टर्‍यो ठूलो खतरा

  • Ad Space available
  • एजेन्सी। अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले अन्तरिक्ष्मा रहेको इन्टरनेशलन स्पेश स्टेशन बिहीबार करिब ४५ मिनेटसम्म नियन्त्रण बाहिर भएको जानकारी दिएको छ।

    रुसी मोड्युलले ब्याकफायर गरिदिएपछि अन्तरिक्ष केन्द्र आफ्नो कक्षबाट बाहिरिन पुगेको बताइएको छ।

    ad space

    यद्यपि नासाको नियन्त्रण कक्षमा रहेको टोलीले कन्ट्रोल थ्रस्टर्सको सहयोगमा स्पेश स्टेशनलाई उसको कक्षमा पुर्‍याइदिएको थियो ।

    जसबाट ठूलो दुर्घटना टरेको छ। त्यस समयमा स्पेश स्टेशनमा ७ जना क्रुमेम्बर थिए। उनीहरु सुरक्षित छन्। जसमा तीन जना अमेरिकी, दुई जना रुसी, एक जना जापानी र एक जना फ्रेन्च अन्तरिक्ष यात्री थिए ।

    यो घटनाले नासाको टिममा हलचल पैदा भएको थियो। स्पेश एजेन्सीको नियन्त्रण कक्षमा रहेका फ्लाइट मिटले कन्ट्रोल थ्रन्डर्सको सहयोगले स्टेशनलाई उसको स्थानमा पुर्‍यादिएका थिए।

    अनुसन्धानका क्रममा रुसी ल्याबोरेटरी मोड्युल नाउकामा प्राविधिक समस्या आएका कारण ब्याकफायर हुन पुगेको थियो ।

    यो घटना भएको केही समयपछि नै नासाका तर्फबाट बोइङ सीएसटी–१०० स्टारलाइनर लन्चिङ हुने थियो । तर यो घटनापछि लञ्चिङ रोकिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय