• vacancy ad
  • ललितपुरमा आजदेखि ४५ वर्षमाथिकालाई भेरोसेल खोप

    १८ गतेदेखि जोन्सन एण्ड जोन्सनको

  • Ad Space available
  • ललितपुर महानगरमा आजदेखि ४५ वर्षमाथि उमेर समूहलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदैछ।

    शुक्रबारदेखि तीन दिनसम्म ४५ वर्ष र सोभन्दा माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाइने महानगरले जनाएको हो।

    ललितपुर महानगरका प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछ। खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ।

    यसका साथै साउन १५, १६ र १७ गते भेरोसेल खोप लगाइकसेपछि १८ गते जोन्सन एण्ड जोन्सन खोप लगाइने पनि जनाइएको छ।

    सिफारिस
    लोकप्रिय